आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाद्वारा प्लाष्टिकजन्य फूलगुच्छा तथा माला बिक्री वितरणमा रोक

    प्रकाशित २०८१ भाद्र ३१, सोमबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड विजया दशमी, तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामाग्रीहरुको प्रयोग, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएकोछ । साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस देवचुली नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरू उत्पादन भइरहेकोले प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरू एवं सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न समेत नगरवासीलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा बजार अनुगमनका क्रममा प्लाष्टिक जन्य फूल तथा मालाहरु प्रयोग एवम् बिक्री वितरण गरेको पाईएमा उक्त सामानहरु नगरपालिकाले जफत गरि कानून बमोजिम कारबाही प्रकृया अगाडि बढाइने समेत जनाईएको छ ।

Write your Comment