आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन

    प्रकाशित २०८१ भाद्र ३०, आईतबार (३ दिन अघि)


देवचुली । देवचुली १७ मा रहेको फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन भएका छन् । आइतबार हमालको नेतृत्वमा ७ सदस्यीय खेलकुद विकास समिति गठन गरिएको हो ।

जसको सचिवमा चित्रबहादुर सारु मगर, कोषाध्यक्षमा सरोज पौडेल , सदस्यहरूमा तारा बिक, भगवती शर्मा तिवारी, हिरालाल खोजवर र पुर्ण बहादुर तामाङ चयन भएका हुन् । नव गठित समितिका अध्यक्ष हमाललाई देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले सपथ ग्रहण गराएका हुन् । वडा अध्यक्षबाट सपथ ग्रहण गरेपछि हमालले सचिव, कोषाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन् ।

नव गठित फारम खेलकुद विकास समितिको अध्यक्ष हमालले देवचुली १७ मा खेलकुदका गतिविधिलाई चलायमान बनाउन प्रतिबद्ध रहेको बताए ।

Write your Comment