आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

सेन्ट्रल कलेज अन्डर- २० फुटबल प्रतियोगिताको उपाधी धौलागिरी प्रकृति युवा क्लबलाई

    प्रकाशित २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)


देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज अन्डर- २० फुटबल प्रतियोगिताको उपाधी धौलागिरी प्रकृति युवा क्लबले जितेको छ । भदौ ८ गतेदेखि धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा संचालित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा धौलागिरी प्रकृति युवा क्लब उपाधी जित्न सफल भएको हो ।


भानु युथ एकेडेमीका विरुद्ध धौलागिरी प्रकृति युवा क्लबबिच भएको खेलमा धौलागिरी प्रकृति युवा क्लबले ट्राइबेकरमा हराउँदै फाइनलको नतिजा आफ्नो पक्षमा पारेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट ३-३ को बराबरी गोल भएपछी खेलको नतिजा ट्राइबेकर मार्फत निकालिएको हो । फाइनल खेलमा धौलागिरी प्रकृति युवा क्लबका सन्दिप मल्ल म्यान अफ दि म्याच भएका थिए ।

२० वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने धौलागिरी प्रकृति युवा क्लबले २० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता भानु युथ एकेडेमीले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि उत्कृष्ट खेलाडी हिमान्सु घर्ती, सर्वोकृष्ट गोलरक्षक नारायण तिवारी भएका थिए।


धौलागिरी प्रकृति युवा क्लबका अध्यक्ष भीम सुबेदीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १० का वडा सदस्यहरु, नगर खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगर, सचिव प्रकाश काफ्ले, प्रतियोगिताका सहयोगी संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment