देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा भानु युथ एकेडेमी फाइनल प्रवेश गरेको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा भानु युथ एकेडेमीका विरुद्ध न्यु नारायणी युवा क्लबबिच मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा भानु युथ एकेडेमी विजयी भएको हो। खेलमा भानु युथ एकेडेमीले न्यु नारायणी युवा क्लबलाई ४-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। उक्त खेलमा भानु युथ एकेडेमीका दिनेश नेपाली म्यान अफ दि म्याच भएका छन् ।
२० वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको छ ।