आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

कावासोती १२ मा तीज विशेष कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ भाद्र २२, शनिबार (१ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तिजको अवसरा शुक्रबार कावासोती १२ को आयोजना तथा मन्दिर टोल विकास संस्थाको सह आयोजना साथै पिठौली चौर युवा समितिको समन्वयमा तिज विशेष कार्यक्रम गरिएको हो ।

वडामा तिज विशेष प्रतियोगिता अन्तरगत कुर्ची दौड, चम्चा दौड लगायतका प्रतियोगिता संचालन गरिएको हो । कुर्ची दौडतर्फ डिलकुमारी माझी प्रथम, हीरा थनेत द्वितीय र मन्जु घले तृतीय भएका छन् । चम्चा गुच्चा दौड तर्फ सुमिना नेपाली प्रथम, अनु चौधरी द्वितीय र सृष्टि खपाल तृतीय भएका छन् ।

बालबालिकाहरुला लागि भएको चम्चा दौडमा बालकतर्फ रन्जन नेपाली प्रथम, आयुस परिवार द्वितीय र चडामणी थनेत तृतीय भएका छन् भने बालिकातर्फ एन्जल नेपाली प्रथम भएको आयोजक कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।प्रतियोगितामा बिजेताहरुलाई पुरस्कारको वितरण गरिएको थियो ।

कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत वडाबासीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment