आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

बसको ठक्करबाट गैँडाकोटमा हजुरआमा र नातीको मृत्यु

    प्रकाशित २०८१ भाद्र २२, शनिबार (१ हफ्ता अघि)


नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ का ७ वर्षका बिशाल श्रेष्ठ र स्याङ्जा निवाशी उहाँकी मामा घरकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो ।

शुक्रबार राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं. १० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति करिब साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । दुर्घटना लगत्तै बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । रासस

Write your Comment