आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

वडास्तरीय खुला तीजगीत प्रतियोगितामा देवचुली ७ को जनविकास आमा समुह प्रथम

    प्रकाशित २०८१ भाद्र २२, शनिबार (१ हफ्ता अघि)


देवचुली । देवचुली १४ मा संचालित वडास्तरीय खुला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार तीजगीत प्रतियोगिता गरिएको हो । क्लबद्वारा भाद्र ९ गतेदेखि सुरु गरेको तीज महोत्सव अन्तर्गत शुक्रबार तीजगीत तथा छेलो फाल्ने प्रतियोगिता गरिएको हो ।


प्रतियोगितामा देवचुली ७ को जनविकास आमा समूहले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि समाजसेवी नारी समुह, देवचुली ३ ले द्वितीय, देवचुली १० ले तृतीय र देवचुली ५ ले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । बिजेता समुहरुले क्रमशः प्रथम पुरस्कार नगद २० हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद १२ हजार रुपैयाँ, तृतीय पुरस्कार नगद ५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार नगद ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको थियो ।

त्यसै गरि छेलो फाल्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फ देवचुली ७ का प्रेम क्षेत्री प्रथम भएका छन् भने देवचुली ७ कै कृष्णबहादुर बिक द्वितीय भएका छन् । महिलातर्फ देवचुली १४ की सन्जु श्रेष्ठ प्रथम भएकी छन् भने देवचुली ११ की तुल्सीमाया गुरुङ द्वितीय भएकी छन् । प्रतियोगितामा पुरुष तर्फ ९ जना र महिलातर्फ ६ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


प्रगतिकला मन्दिर युवा क्लबका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद न्यौपानेको अध्यक्षतामा भएको तीज गीत प्रतियोगितामा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर लगायत विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधि, स्थानीयको उपस्थिति रहेको थियो ।

प्रगतिकला मन्दिर युवा क्लबका उपाध्यक्ष गुना भण्डारीले स्वागत गरेको प्रतियोगिताको संचालन राकेश विश्ककर्माले गरेका थिए ।


तीज महोत्सव अन्तर्गत क्लब भाद्र ९ गतेदेखि फुटबल प्रतियोगिता संचालन गरेको थियो भने भाद्र १९ गतेदेखि भलिबल प्रतियोगिता सुरु गरेको थियो । फुटबल प्रतियोगिता सम्पन्न भएतापनि भलिबलका खेलहरु सुचारु रहेको क्लबले जनाएको छ ।

Write your Comment