आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी प्रगतिकला मन्दिर युवा क्लबलाई

    प्रकाशित २०८१ भाद्र २०, बिहिबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ। हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा बुधबार प्रगतिकला मन्दिर युवा क्लब र योङ ब्वाइज चितवनबीच भएको फाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी हुँदै उपाधि रक्षा गर्न सफल भएको हो ।


बुधबार भएको योङ ब्वाइज चितवन र प्रगतिकला मन्दिर युवा क्लबबीचको खेलमा प्रगतिकला मन्दिर युवा क्लबले १-० गोल अन्तरले हराउँदै फाइनलको नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सुमन आलेले निर्णायक गोल गरेका थिए । फाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सुमन आले म्यान अफ दि म्याच भएका हुन् ।

प्रतियोगितामा प्रथम हुने प्रगतिकला मन्दिर युवा क्लबले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिम योङ्ग ब्वाइजले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रगतिकला मन्दिर युवा क्लबका सामुयल थापा उत्कृष्ट खेलाडी भएका हुन् । त्यसै गरि प्रगतिकला मन्दिर युवा क्लबकै सुशील सुनार सर्वोकृष्ट गोलरक्षक भएका थिए भने योङ ब्वाइज चितवनका अश्विन तामाङ सर्वाधिक गोलकर्ता भएका थिए ।


प्रगतिकला मन्दिर युवा क्लबका कार्यवाहक अध्यक्ष ठाकुर न्यौपानेको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, सचिव इन्द्रमणी भुसाल, नगर खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगर लगायत प्रतियोगिताका सहयोगी संघसंस्थाका प्रतिनिधिलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment