आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सेभेन ए साइड फुटबल प्रतियोगिता : योङ ब्वाइज चितवन र प्रगतिकला मन्दिर युवा क्लब फाइनल प्रवेश

    प्रकाशित २०८१ भाद्र १८, मंगलबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार योङ ब्वाइज चितवन र प्रगतिकला मन्दिर युवा क्लब विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा राइनो रिसोर्ट फुटबल क्लब र योङ ब्वाइज चितवनबीच भएको पहिलो सेमिफाइनल खेलमा योङ ब्वाइज चितवन विजयी भएको हो । खेलमा योङ ब्वाइज चितवनले राइनो रिसोर्ट फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा योङ ब्वाइज चितवनका विवश नेपाली म्यान अफ दि म्याच भएका हुन् ।


मंगलबार नै भएको अभिषेक चर्च रजहर (ए) विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब बिचको दोस्रो सेमिफाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबले अभिषेक चर्च रजहर (ए) लाई ट्राइबेकरमा २-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सुशील सुनार म्यान अफ दि म्याच भएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए । प्रतियोगिताको फाइनल योङ ब्वाइज चितवनका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबीच बुधबार हुनेछ ।

Write your Comment