आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सेभेन ए साइड फुटबल प्रतियोगिता : सोमबार राइनो रिसोर्ट,अभिषेक चर्च र प्रगतिकला मन्दिर विजयी

    प्रकाशित २०८१ भाद्र १७, सोमबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार राइनो रिसोर्ट फुटबल क्लब, अभिषेक चर्च रजहर र प्रगतिकला मन्दिर युवा क्लब विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा राइनो रिसोर्ट फुटबल क्लब र अभिषेक चर्च रजहर (बी) बीच भएको पहिलो खेलमा राइनो रिसोर्ट फुटबल क्लब विजयी भएको हो । खेलमा राइनो रिसोर्ट फुटबल क्लबले अभिषेक चर्च रजहर (बी) लाई २-१ गोल अन्तरले हराएको हो । पहिलो खेलमा राइनो रिसोर्ट फुटबल क्लबका विवश नेपाली म्यान अफ दि म्याच भएका हुन् ।

सोमबार नै भएको अभिषेक चर्च रजहर (ए) विरुद्ध फाराम खेलकुद विकास समिति बिचको खेलमा अभिषेक चर्च रजहर (ए) विजयी भएको छ । अभिषेक चर्च रजहर (ए) ले फाराम खेलकुद विकास समितिलाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा अभिषेक चर्च रजहरका सुसन गुरुङ म्यान अफ दि म्याच भएका हुन् ।

त्यसै गरि सोमबारको तेस्रो खेल अन्तरगत रजहर फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबीच भएको खेलमा
प्रगतिकला मन्दिर युवा क्लब विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबले रजहर फुटबल क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । तेस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लबका साम्युल थापा म्यान अफ दि म्याच भएका हुन् ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए ।

Write your Comment