रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।