आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

गैंडाकोटमा अन्डर १८ सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८१ भाद्र १७, सोमबार (२ हफ्ता अघि)


देवचुली । गैंडाकोट नगरपालिकामा सेन्ट्रल कलेज अन्डर १८ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । कुसुमनगर फुटबल क्लब गैंडाकोट- ५ को आयोजनामा आवास फुटबल मैदानमा भाद्र २५ गतेबाट प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।

Write your Comment