आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सेभेन ए साइड फुटबल प्रतियोगिता : आइतबार रजहर, योङ्ग ब्वाइज र प्रगतिकला मन्दिर विजयी

    प्रकाशित २०८१ भाद्र १६, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार रजहर फुटबल क्लब, योङ्ग ब्वाइज चितवन र प्रगतिकला मन्दिर युवा क्लब विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा रजहर फुटबल क्लब र धौलागिरी युवा क्लबबीच भएको पहिलो खेलमा रजहर फुटबल क्लब विजयी भएको हो । खेलमा रजहर फुटबल क्लबले धौलागिरी युवा क्लबलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ बराबरी गोल भएपछी खेल ट्राइबेकरमा गएको थियो। पहिलो खेलमा रजहर फुटबल क्लबका विमल क्षेत्री म्यान अफ दि म्याच भएका हुन् ।

आइतबार नै भएको योङ्ग ब्वाइज चितवन विरुद्ध लक्ष्मीपुर युवा क्लब बिचको खेलमा योङ्ग ब्वाइज चितवन विजयी भएको छ । योङ्ग ब्वाइज चितवन ले लक्ष्मीपुर युवा क्लबलाई ३-१ गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा योङ्ग ब्वाइज चितवनका आश्विन तामाङ म्यान अफ दि म्याच भएका हुन् ।

त्यसै गरि आइतबारको तेस्रो खेल अन्तरगत मातृभुमी युवा क्लब कावासोती विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबीच भएको खेलमा
प्रगतिकला मन्दिर युवा क्लब विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबले मातृभुमी युवा क्लबलाई ३-१ गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । तेस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सन्दिप मल्ल म्यान अफ दि म्याच भएका हुन् ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए ।

Write your Comment