आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

देवचुली १२ मा सचेतनामुलक तीज गीत प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८१ भाद्र १६, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा सचेतनामुलक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । मुक्तिक्षेत्र महिला कृषक समुह देवचुली १२ मुक्तिक्षेत्रको आयोजना तथा देवचुली १२ को आर्थिक सहयोगमा लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा सरोकारवालाको भुमिका शिर्षकमा शनिबार आयोजित तीज गीत एवं खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

मुक्तिक्षेत्र महिला कृषक समुहका अध्यक्ष खुमा भुर्तेलको अध्यक्षतामा भएको प्रतियोगितामा देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा कार्यपालिका सदस्य फुलमाया बिक, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

देवचुली १२ मा क्रियाशिल रहेका आमा/कृषक समुहको सहभागिता रहेको प्रतियोगितामा अमर आमा समूहले प्रथम स्थान, हरियाली कृषक समुहके द्वितीय स्थान, जनजागरण आमा समुहले तृतीय स्थान र मुक्ती आमा समुहले सान्त्वना स्थान हासिल गरेका थिए ।बिजेता समुहरुले क्रमशः प्रथम पुरस्कार नगद ५ हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद ३ हजार रुपैयाँ, तृतीय पुरस्कार नगद २ हजार रुपैयाँ र सान्त्वना पुरस्कार नगद १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो ।

त्यसै गरि खुल्ला नृत्य तर्फ निशा बुढा प्रथम, आसिका गौतम द्वितीय र रेखा कंडेल तृतीय भएका छन् । बिजेताहरुलाई क्रमशः प्रथम पुरस्कार नगद २ हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ र तृतीय पुरस्कार नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए।

देवचुली १२ का स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन दुर्गादेवी विष्टले गर्नुभएको थियो ।

Write your Comment