आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा आधारभुत तहको विज्ञान विषयको प्रश्नपत्र निमार्ण सम्बन्धि कार्यशाला

    प्रकाशित २०८१ भाद्र १६, आईतबार (१ महिना अघि)


प्रकाश रेग्मी, चोरमारा। मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको विज्ञान तथा प्रविधि विषय शिक्षकहरुका लागि प्रश्नपत्र निमार्ण कार्यशाला सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, विज्ञान शिक्षक समाज मध्यविन्दु र शिक्षा युवा तथा खेलकुद महाशाखाको सह-आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

विज्ञान शिक्षक समाज मध्यविन्दुका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यशालामा मध्यविन्दु नगर प्रवक्ता एवम् वडा नम्बर १० का वडा अध्यक्ष रणबहादुर थापाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रम जनता माध्यमिक बिद्यालय मध्यविन्दु १० मङ्गलचौरमा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विज्ञान शिक्षकको हकहित तथा विज्ञान विषयको नतिजा उत्कृष्ट बनाउन मध्यविन्दु नगरपालिकाबाट हुन सक्ने सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मध्यविन्दु नगरपालिका स्रोत शिक्षक कलामुदिन अन्सारीले विज्ञान विषयको नतिजा सुधार्न परियोजना कार्य तथा प्राविधिमैत्री शिक्षाको आवश्यकता रहेको छ । यसलाई शाखाले पनि महत्व दिएको उल्लेख गर्नु भएको थियो ।

नगरपालिका भित्र भएका सामुदायिक तथा संस्थागत विद्यालयबाट २४ जना विज्ञान शिक्षकको सहभागिता रहेको उक्त कार्यशालामा विज्ञान शिक्षक समाज नवलपुरका जिल्ला अध्यक्ष प्रकाश भण्डारीले प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रममा नव जागरण नमुना मा वि का प्रध्यानाध्यापक हरि प्रसाद देवकोटा, जनता मा वि मङ्गलचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो ।

Write your Comment