आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

देवचुली १४ मा खुला तीज गीत प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८१ भाद्र १६, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा वडा महिला संजाल देवचुली १४ को आयोजना र विभिन्न व्यक्ती र संघसंस्थाको सहयोगमा वाल्मीकी आधारभूत विद्यालयमा चेतनामुलक खुला तीज गीत प्रतियोगिता गरिएको हो ।


वडा महिला संजाल देवचुली १४ का अध्यक्ष सरस्वती पन्थीको अध्यक्षतामा भएको प्रतियोगितामा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, कार्यपालिका सदस्य पार्वती अर्याल कंडेल, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल सुधार संस्थाका प्रतिनिधि लगायत वडाबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता उदघाटन गर्दै उप प्रमुख पार्वता तिवारीले मौलिक तिज गीतको संरक्षण गर्दै नेपाली कला, धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा तीजका नाममा भएका विकृतिलाई निरुत्साहित गर्ने अभियान नै महिलाहरुले सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।


देवचुली १४ मा रहेका आमा समुहको सहभागिता रहेको प्रतियोगितामा साहारा आमा समूहले प्रथम स्थान, नमुना आमा समूहले द्वितीय स्थान, सिद्धी विनायक आमा समुहले तृतीय स्थान र मिलनटोल आमा समुहले सान्त्वना स्थान प्राप्त गरेका थिए । बिजेता समुहहरुले क्रमशः प्रथम पुरस्कार नगद ८ हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद ५ हजार रुपैयाँ, तृतीय पुरस्कार नगद ३ हजार रुपैयाँ र सान्त्वना पुरस्कार नगद १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा वडाका १२ आमा समुहको सहभागिता रहेको थियो ।

कार्यक्रममा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, कार्यपालिका सदस्य पार्वता अर्याल कंडेल , वडा महिला संजालको सल्लाहकार संयोजक सरिता शर्मा, समाजसेवी शेरबहादुर केसीले तीजको शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा महिला संजालका उपाध्यक्ष कमला घिमिरे स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संजालका सचिव शोभा पौडेलले गर्नुभएको थियो ।

Write your Comment