आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकास्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ भाद्र १५, शनिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकास्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी शुक्रबार देवचुली नगरपालिकाको आयोजनामा आधारभूत तह (कक्षा १-५), आधारभूत तह (कक्षा ६-८) र माध्यमिक तह ( कक्षा ९-१०) गरि तहगत रुपमा जन ज्योति नमुना माविको सभाहलमा प्रतियोगिता संचालन गरिएको हो । आधारभूत तह (कक्षा १-५) का लागि हस्तलेखन, आधारभूत तह (कक्षा ६-८) का लागि बाल कथा रचना र माध्यमिक तह ( कक्षा ९-१०) निबन्ध लेखन प्रतियोगिता गरिएको हो ।


देवचुली नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा नगर शिक्षा समिति सदस्य सन्तबहादुर क्षेत्री, जन ज्योति नमुना माविका प्रधानाध्यापक श्रीधर ज्ञवाली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

आधारभूत तह ( कक्षा १-५ ) मा भएको हस्तलेखन प्रतियोगितामा जन ज्योति माविकी मानवी पाण्डे प्रथम, भीमसेन आदर्श माविका भिसान थापा द्वितीय र अमर इङ्गलिस बोर्डिङ स्कुलका विपन बिके तृतीय भएका छन् । त्यसै गरि आधारभूत तह ( कक्षा ६-८) मा भएको बाल कथा रचना प्रतियोगितामा दिव्य एकेडेमीकी आकृति भण्डारी प्रथम, नेपाल माविकी सदिक्षा सिग्देल द्वितीय र भीमसेन आदर्श माविकी मेलिस्का काफ्ले तृतीय भएका छन् ।


माध्यमिक तह ( कक्षा ९-१०) मा भएको निबन्ध लेखन प्रतियोगितामा भीमसेन आदर्श माविकी खिमकुमारी घर्ती प्रथम, नेपाल माविका आर्जन अधिकारी द्वितीय, जन ज्योति माविकी प्राप्ति भुर्तेल र जनज्योति नमुना माविका छविलाल घर्ती मगर तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई राष्ट्रिय शिक्षा दिवस समारोहमा पुरस्कृत गरिने देवचुली नगर शिक्षा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । आधारभूत तह (कक्षा १-५) हस्तलेखन प्रतियोगितामा ३१ जनाको सहभागिता रहेको थियो भने आधारभूत तह (कक्षा ६-८) बाल कथा रचना प्रतियोगितामा २० जना र माध्यमिक तह ( कक्षा ९-१०) निबन्ध लेखन प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो ।

Write your Comment