आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

देवचुलीको कालिका माविमा नेवार समुदायका विभिन्न नाचहरु प्रदर्शन

    प्रकाशित २०८१ भाद्र १४, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माविमा नेवार समुदायका विभिन्न नाचहरु प्रदर्शन गरिएको छ । शुक्रबार नेवा: देय दवु: देवचुली-९ विशालटारद्वारा विद्यालयको अनुरोधमा नेवार संस्कृतिसँग सम्बन्धित नाचहरु विद्यार्थीहरुलाई देखाइएको हो । नेवार समुदायमा प्रख्यात लाखे नाच, टाकटुके नाच लगायतका विभिन्न नाचहरु देखाइएको हो ।


विद्यार्थीहरुको पाठयक्रममा रहेको विषयवस्तुहरुलाई प्रत्यक्ष अवलोकनबाट उनीहरूमा मनोरञ्जनसँगै सिकाई भएको विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले बताउनुभयो । समुदायले आफ्नो परिवेशमा भएका संस्कारहरुलाई संरक्षण गर्दै जानुपर्ने र यस्तै कार्यक्रमहरुले विद्यार्थीहरुमा सामाजिक भावना जागृत गराएको उहाँले बताउनुभयो । विद्यालयमा भएको कार्यक्रमबाट विद्यार्थीहरुले पाठयपुस्तकमा भएका नाचलाई प्रत्यक्ष देख्न पाएका र विभिन्न जातिगत संस्कार, संस्कृति सिकाउनका लागि कालिका माविले सुरु गरेको अभियानमा सहयोग पुगेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

विद्यालयले विद्यार्थीहरुलाई स्थानीय कला, संस्कृति र संस्कारको बारेमा प्रत्यक्ष सिकाई हुने खालका कार्यक्रमलाई निरन्तर संचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालले बताउनुभयो । विद्यालयको अनुरोधलाई स्विकार्दै नेवार समुदायका मुख्य नाचहरु प्रस्तुत गरेकोमा उहाँले नेवा: देय दवु: देवचुली-९ विशालटारलाई धन्यवाद सहित आगामी दिनमा समेत सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।


उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सी अर्याल, घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती रावल, नेवा: देय दवु: देवचुली-९ का पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment