आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देवचुलीका नगर प्रमुख र अर्थमन्त्रीबिच भेट, देवचुलीको महत्वपुर्ण योजनाहरुको बारेमा छ्लफल

    प्रकाशित २०८१ भाद्र ११, मंगलबार (२ महिना अघि)


देवचुली। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको छ । भेटमा देवचुलीको महत्वपुर्ण योजनाहरुको बारेमा छ्लफल गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीसँग भएको छ्लफलमा नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाको महत्त्वपूर्ण योजनाको रुपमा रहेको फारम- बाह्रकोल छरछरे हुँदै बुलिङटार जाने बाटोका लागि बजेट विनियोजन गर्न, चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रबाट वन्यजन्तु आई किसानहरूले लगाएको बालीमा क्षति गरेको जानकारी गराउँदै देवचुली नगरपालिकाले सुरु गरेको मध्यवर्ती क्षेत्रमा क्रकिंट वालसहित मेसजाली लगाउने कार्यका आवश्यक बजेट विनियोजन गर्न र ट्रमा सेन्टरका लागि बजेटको निरन्तरताको लागि अनुरोध गर्नुभएको नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपाने जानकारी दिनुभयो । भेटमा देवचुली नगरपालिकाका अन्य योजनाका बारेमा समेत छ्लफल गरिएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले देवचुलीको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने साथै पालिकालाई आवश्यक योजना र बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यौपानेले बताए ।

देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपानेले सोमबार भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटी सुकुम्बासी समस्या समाधान गर्नका लागि तत्काल भुमी आयोग गठन गर्नका लागि ध्यानाकर्षण गर्नुभएको थियो ।

Write your Comment