आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा अचार बनाउने तालिम सम्पन्न

    प्रकाशित २०८१ भाद्र २, आईतबार (३ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने १ हप्ताको तालिम सम्पन्न गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा साउन २७ देखि भाद्र १ गतेसम्म देवचुली उद्योग वाणिज्य संघको सभाहलमा संचालन भएको एक हप्ताको अचार बनाउने तालिमको सम्पन्न गरिएको हो ।

देवचुली नगरपालिकाका १७ वटा वडामा अपांगता भएका व्यक्ति वा उनीहरुको परिवारको सहभागिता रहने गरि तालिमको आयोजना गरिएको सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले बताउनुभयो । अपांगता भएका व्यक्ति वा अंपाङ्गता भएका व्यक्तिका परिवारलाई आर्थिक विकास र समृद्धिको लागि आत्मनिर्भर र उद्यमशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षता भएको तालिमको समापन सत्रमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली २ का वडा अध्यक्ष शरद प्रसाद घिमिरे , देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा , कार्यपालिका सदस्य पार्वती अर्याल कंडेल, गोमादेवी पौडेल, देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्साल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका निर्मला पौडेल लगायत आयोजक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै उप प्रमुख पार्वता तिवारीले तालिममा सिकेका सीपलाई सही रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । विभिन्न प्रकारका अचार बनाएर बिक्री गर्न सकिने र सो बाट आर्थिक उपार्जन गर्न सकिने उहाँले बताउनुभयो । सहभागीहरुलाई समूह निर्माण गरि अचार उत्पादन गर्न र उत्पादित अचारका लागि आवश्यक बजारीकरण गर्न नगरपालिकाले पहल गर्ने उहाँले बताउनुभयो ।

एक हप्ता सम्म संचालन भएको तालिमको धनुमाया रानाले सहजीकरण गर्नुभएको हो। तालिममा विभिन्न प्रकारका अचारहरु बनाउन सिकाईएको थियो। समापन कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मिनबहादुर सोती , देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा थापा, अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले अपांगता भएका व्यक्तिहरुका लागि सीपमुलक तालिम दिइएको र आगामी दिनमा संस्थाबाट अझै सिर्जनात्मक काम गर्न सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाको बारेमा ११ वर्षीय संसार वाग्लेले जानकारी गराएका थिए। तालिमबाट विभिन्न प्रकारका अचारहरु निर्माण गर्न सिकेको सहभागी नोममाया लम्साल र विष्णु काफ्लेले बताउनुभयो ।

देवचुलीको १७ वडाबाट ४६ जनाको सहभागिता रहेको तालिमको समापन सत्रमा दुर्गा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण आयोजक संस्थाका सचिव ठाकुर शर्माले गर्नुभएको थियो ।

Write your Comment