आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक बिदा दिन माग

    प्रकाशित २०८१ श्रावण २२, मंगलबार (३ महिना अघि)


नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले मंगलबार एक विज्ञप्ति जारी गरे शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्व आदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ ।

अघिल्ला बर्षहरुमा पनि नवलपुरका विश्व आदिवासी दिवसका दिन सार्वजनिक विदा दिने प्रचलन रहेको छ । यसैबीच गैडाकोट नगरपालिका सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा साउन २५ गते विश्वआदिवासी दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ल ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यस बर्ष नवलपुरमा जिल्ला, पालिका र वडा तहमा विश्वआदिवासी दिवस विविध कार्यक्रम गरी मनाइने जनाएको छ ।

यसैसन्दर्भमा कावासोतीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्लाको आयोजनामा आदिवासी जनजातिका अधिकारको सवालमा अन्तरक्रियादेखि शुभकामना आदानप्रदान, वृक्षारोपण लगायतका कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइने भएको जनाइएको छ ।

Write your Comment