आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

नवलपुरका अधिकांश स्थानमा सकियो रोपाइँ

    प्रकाशित २०८१ श्रावण १८, शुक्रबार (३ महिना अघि)


नवलपुर । नवलपुरका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नवलपुरको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छ भने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार ३ सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता छ । यो जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान रोपिएको छ । रासस

Write your Comment