आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

निवर्तमान मुख्यमन्त्रीद्वारा किशोरी अध्ययन तथा स्रोत केन्द्रको अवलोकन

    प्रकाशित २०८१ श्रावण १४, सोमबार (३ महिना अघि)


देवचुली । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरको देवचुली १० मा निर्माणधिन रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रको अवलोकन गर्नुभएको छ ।

नेपाल सरकारको संघीय मन्त्रालयहरु गृह र स्वास्थ्यमन्त्री समेत हुनुभएका अधिकारीले अवलोकनको क्रममा यसको अवधारणा, यसको प्रयोगको विधि, लक्षित क्षेत्र र वर्ग, स्रोत केन्द्रको दिगोपन र निर्माणमा सहयोगदाताको बारेमा समेत चासो राख्नु भएको थियो । उहाँले दातृ निकायको सहयोग भएकोले समयमा नै निर्माण सम्पन्न गरि लक्षित वर्गले फाईदा लिने गरिको योजनामा लाग्न सुझाव समेत प्रदान गर्नुभयो ।


किशोरी अध्ययन तथा स्रोत केन्द्रको बारेमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुहुँदै स्रोत केन्द्र नमुना स्रोत केन्द्रको रूपमा लैजाने योजना रहेको र समाजका हरेक व्यक्ति र समुहको लागि सहयोग पुर्‍याउने उद्देश्य लिइएको जानकारी प्रदान गर्नुभएको थियो । अध्ययन केन्द्रको निर्माण क्यान्नलनको सहयोगमा निर्माण गरिरहेको र यो बर्षमा सम्पन्न गरि सन्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको थियो ।

अधिकारीले संस्थाका कार्यसमिती र कर्मचारीहरुसग संस्थाले गरेको कामहरुको बारेमा जानकारी लिदै समाज रुपान्तरणमा सदैव लागिरहन अनुरोध गर्नुभएको थियो । अवलोकनमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती, समाजसेवी कृष्ण घिमिरे र गोपेन्द्र केशरी न्यौपाने, बाल क्लबका पुर्व सदस्यहरु सागर न्यौपाने, सौगात भुसाल र संस्थाका कार्यसमितिका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

Write your Comment