आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

रोटर्याक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन सम्पन्न

    प्रकाशित २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)


चितवन । रोटर्याक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । साउन ११ गते शुक्रबारका दिन चितवन गार्डेन रिसोर्टमा भएको उक्त कार्यक्रममा रोटर्याक्टर सबिन पौडेलको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई रोटर्याक्टर लवि तिवारीको अध्यक्षतामा रहेको पुरानो कार्यसमितिले कार्यकाल हस्तान्तरण गरेको हो ।

रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर विक्रम क्षेत्री प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशेष अतिथिका रुपमा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रोटरीयन विमल क्षेत्रीको उपस्थिति रहेको थियो । डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ-इलेक्ट रोटर्याक्टर दिनेश गैरे, सहायक डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर गोविन्द पराजुली , डिस्ट्रिक्ट ३२९२ का सचिव रोटर्याक्टर सुबिन खड्का साथै जोन १४ का जोनल रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर सुरज भनडारी अतिथिका रुपमा सहभागी थिए ।

रोटर्याक्टर प्रवेश मिश्रले स्वागत मन्तव्य राखेर सुरु गरेको उक्त कार्यक्रमको संचालन रोटर्याक्टर सुशान्त रेग्मी र सुधा रिजालले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत गरिएको थियो । सोही औपचारिक कार्यक्रमका बीच नयाँ कार्यसमितिका सदस्यले पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । साथै क्लबका नयाँ सदस्यहरुका लागि पनि सपथग्रहणको कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा क्लबका सदस्यहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमको क्रममा अतिथिहरुले संयुक्त रुपमा रोटर्याक्ट क्लब अफ भरतपुरको वार्षिक पुस्तिका `यात्रा´ र क्लब टि-सर्टको विमोचन गरेको क्लबका सचिव रोटर्याक्टर सुशान्त रेग्मीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिआरआर रोटर्याक्टर विक्रम क्षेत्रीले रोटर्याक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले युवावर्गमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुगेको बताए । विशेष अतिथि रोटरीयन विमल क्षेत्रीले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिका अध्यक्षलगायत सबै पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Write your Comment