आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

नेपाल निर्माण उद्योग परिषद नवलपुरको अध्यक्षमा गणेश शर्मा चालिसे चयन

    प्रकाशित २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)


नवलपुर । नेपाल निर्माण उद्योग परिषद नवलपुरको अध्यक्षमा गणेश शर्मा चालिसे सर्वसम्मत चयन भएका छन् । परिषदको आज भएको प्रथम अधिवेशनबाट चालिसेको अध्यक्षता सात सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा चिरञ्जीवी जिसी, सचिवमा पुमकान्त बसेल, सदस्यहरुमा मदन भुसाल, हर्क तामाङ, टपिन्द्र सिंह महतो र डासिराम लम्साल सर्वसम्मत चयन भएका हुन् ।

नेकपा एमाले नवलपुरमा पार्टी कार्यालयमा भएको परिषदको प्रथम जिल्ला अधिवेशनमा नेकपा एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेकपा एमाले नवलपुरका सचिव भिम कंडेल लगायत एमाले समर्थित निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment