आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

सेन्ट्रल कलेज ग्रुपले चितवनमा बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

    प्रकाशित २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)


चितवन । चितवनको स्थापित शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टरले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको यो संस्थाले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर विभिन्न शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेजको (बिएचएम, बिआइएम) कार्यक्रम र दियालो कलजको (बिबिएस) कार्यक्रम अब भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको छ । कलेजले यही शैक्षिक सत्रबाट बिएचएम, बिआइएम र बिबिएस बिषयमा अध्यापन गराउने कलेजका कार्यक्रम संयोजक यज्ञविलास (वाइबी) पौडेलले बताए ।

`विश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारवर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गर्दैछौं´, पौडेलले भने – `नेपालमै अन्तर्राष्ट्रिय स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उनले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत खुलेको जानकारी दिए । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौँ´, उनले भने – `पार्टटाइम जब र अन्तिम वर्ष विदेशमा इन्टर्नसिपमा जानका लागि सपोर्ट गर्छाैँ ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई विश्वभर लैजाने योजना बनाएको सञ्चालक पौडेलले बताए ।

कलेजको अफ्नै बस सुबिधा छ भने होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडालगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुरलगायतका जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि विभिन्न काम गर्नुका साथै सामाजिक एवम् परोपकारी काममा सहजीकरण गर्दै आइरहेको छ ।

Write your Comment