आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

देवचुली ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

    प्रकाशित २०८१ श्रावण ११, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली खबर, जागृति बाल तथा युवा सरोकार नेपाल र कालिका माध्यमिक विद्यालयको समन्वयमा साउन ७ गतेबाट कालिका माध्यमिक विद्यालयमा संचालन भएको तालिम सम्पन्न भएको हो ।


आफ्नो वडामा रहेका बालबालिकाहरुलाई विभिन्न कार्यक्रममा सक्रिय बनाउन, विद्यालयका अतिरिक्त क्रियाकलापका कार्यक्रम संचालन गर्न लगायत अनलाइन सुरक्षा सचेतना प्रवाह गर्नका लागि तालिमको आयोजना गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । वडाले गर्ने कार्य र वडासँग बालबालिका सहकार्यमा गर्न सकिने कार्यक्रमको बारेमा समेत तालिममा छ्लफल गरिएको उहाँले बताउनुभयो । वडाले बिना बजेट तालिमको आयोजना गरि बालबालिकाहरुलाई फरक फरक विषयमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

कालिका माध्यमिक विद्यालयका कक्षा ८ र १० का विद्यार्थीहरु सहभागी तालिममा फरक फरक विषयमा सहजीकरण गरिएको थियो । तालिमको पहिलो दिन अनलाईन सुरक्षा सम्बन्धि देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले, दोस्रो दिन उदघोषण सम्बन्धि देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले, तेस्रो दिन कार्यक्रम संचालन तालिका निर्माण र कार्यक्रम संचालन सम्बन्धि देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले , चौथो दिन नेतृत्व विकास सम्बन्धि जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र पाँचौं दिन वडाबाट हुने सेवाका विषयमा वडा अध्यक्ष बलिराम सापकोटा र डेंगु, जापानीज इन्सेफ्लाटिस नियन्त्रण र रोकथाम सम्बन्धि देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालको अध्यक्षतामा भएको तालिमको समापनमा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, सिअहेव अधिकृत पिताम्बर भुर्तेल, विद्यालयका प्रधानाध्यापक नवराज घिमिरे, विद्यालयका शिक्षकलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तालिमले आफ्ना विद्यार्थीहरुलाई विभिन्न ज्ञान प्राप्त भएको र तालिममा सिकेको सीपलाई व्यवहारिक जिवनमा लागु गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालले बताउनुभयो । वडाले आफ्ना विद्यालयका बालबालिकाको लागि नेतृत्व तथा क्षमता अभिवृद्धि गर्नका तालिमको संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक सुधारका लागि सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभएको थियो ।


विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले तालिमले विद्यार्थीलाई फाइदा गर्ने बताउनुभयो । बिदाको समयमा अतिरिक्त ज्ञान हासिल गर्न र नेतृत्व विकास गर्नका लागि सहयोग पुगेको उहाँले बताउनुभयो । सो तालिमको समापन सत्रको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले गर्नुभएको थियो ।

Write your Comment