आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

भुइँकटहरबाट स्वास्थ्यमा हुने फाईदाहरु

    प्रकाशित २०८१ श्रावण १०, बिहिबार (२ महिना अघि)


नवलपुर । भुइँकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । यो सबैभन्दा सर्वोत्तम फल हो । भुइँकटहर प्राय जसो गर्मी मौसममा पाइन्छ । यसलाई विभिन्न तरिकाले खान सकिन्छ । यसको स्वाद हल्का अमिलो र गुलियो हुन्छ ।

यसलाई गर्मी अनि चिसो दुवै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ । यसमा रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ । यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सर्जरीबाट चाँडै निको बनाउने लगायतका थुप्रै कार्यमा सहयोग मिल्छ । यसको सेवन गरेमा स्वास्थ्यको लागि धेरै फाइदा छ ।

शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौं समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।

Write your Comment