आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

मध्यविन्दु जिल्ला अस्पतालमा सफल रुपमा ‘भजाइना प्लास्टी’ अपरेसन

    प्रकाशित २०८१ श्रावण ८, मंगलबार (१ महिना अघि)


दयाराम आचार्य, नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा सफल रुपमा भजाइना प्लास्टी अपरेस गरिएको छ । जिल्ला अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। राम कुमार दास लगायतको टिमले सफल रुपमा भजाइना प्लास्टी ( गुप्ताङ्गको अपरेसन ) गरेको हो ।

बाह्र वर्ष पहिला सुत्केरी हुँदा ४ केजी र ३ केजीको दुईवटा बच्चा घरमा जन्माउँदा गुप्ताङ्गमा चोट पुगेर जटिल बनेको अवस्थामा जिल्ला अस्पतालका डाक्टरहरूको टोलीले सफल रुपमा अपरेस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलराज गौतमले बताउनुभयो । अहिले बिरामीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । डाक्टरहरूको टोलीले आइतबार उक्त अपरेसन सफल रुपमा गरेका थिए ।

यस्तै गरि करिब ५ वर्ष देखि पाठेघरमा मासु पलाएर अत्याधिक रक्तस्राव खेपिरहेका अर्का बिरामीको समेत डाक्टरको टोलीले सफल रुपमा अपरेसन गरेकाछन् । जाँचका क्रममा पाठेघरमा मासु पलाएको भेटिएपछि जिल्ला अस्पतालमा उक्त अपरेसन गरिएको थियो । उक्त बिरामीको अवस्था समेत अहिले राम्रो रहेको मेडिकल सुपरिटेन्डेन्ट गौतमले बताउनुभयो । दुई वटा फरक फरक खालको डाक्टरहरूको टोलीले सफल रुपमा अपरेसन गरेका हुन् ।

नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा हाल दैनिक जसो उल्लेख्य रुपमा बिरामीको उपस्थिति हुने गरको छ । जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर सहितको उपचार सेवा दिन थालिएपछि सेवा लिने बिरामीको सङ्ख्या बढ्दो रहेको छ ।
मध्यविन्दु जिल्ला अस्पतालमा हाल मेडिसिन , सर्जरी, बाल रोग , हाडजोर्नी, स्त्री रोग , रेडियोलोजिष्ट विशेषज्ञ डाक्टरहरु द्धारा उपचार सेवा प्रदान गर्दै आइएको छ ।

Write your Comment