आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

कावासोतीमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या

    प्रकाशित २०८१ श्रावण २, बुधबार (१ महिना अघि)


कावासोती । नवलपुरको कावासोतीमा ढुंगा प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । आज बिहान ११ बजेतिरको समयमा कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

मृतक प्रेम बहादुरले मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको रिसमा छोरा निराजनले ढुङ्गाले प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफ्नै घर अगाडि नालामा ढुङ्गाले प्रहार गरी उनले हत्या गरेको स्थानीयले बताए ।

घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।

Write your Comment