आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

नवलपुरमा सर्पदंशबाट एक जना बालकको मृत्यु

    प्रकाशित २०८१ श्रावण २, बुधबार (१ महिना अघि)


नवलपुर । नवलपुरको मध्यबिन्दुमा सर्पदंशबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु – ६ भडारा बस्ने १४ वर्षका बालक आर्यन महतो रहेका छन् ।

गएराति नौ बजेतिर आफ्नै घरमा खेल्ने क्रममा प्रजाती नखुलेको सर्पले डसी घाईते भएका उनको कालीगण्डकी अस्पताल कावासोतीमा प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Write your Comment