आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

कावासोती १२ मा सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित २०८१ अषाढ ३२, सोमबार (१ महिना अघि)


कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ को योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि वार्षिक प्रगति विवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयको सभाहलमा सम्पन्न गरिएको हो ।


कार्यक्रममा आव २०८०/०८१ मा कावासोती १२ मा संघ, प्रदेश, नगरपालिका तथा वडास्तरबाट विनियोजन भएको बजेटबाट संचालन भएका योजना तथा कार्यक्रमहरु साथै आगामी आर्थिक वर्षको मुख्य योजनाको बारेमा वडा अध्यक्ष ध्रुव खनालले सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालयबाट हाल सम्म भएका सेवाहरु कुनै गुनासो नभएको र वडाले अझै उत्कृष्ट काम गर्न सुझाव दिएका थिए । वडामा अझै धेरै काम गर्न आवश्यक रहेको बताउँदै सहभागीले सुझाव समेत दिएका थिए। सहभागीहरुको प्रश्नहरुको वडा अध्यक्ष ध्रुव खनालले जवाफ दिनुभएको थियो ।


सो कार्यक्रममा निवर्तमान वडा अध्यक्ष खेमप्रसाद काफ्ले, नेपाली काँग्रेसका वडा सभापति राजकुमार गुरुङ, वडाका विभिन्न संघसंस्था, टोलसुधार समिति ,वडाबासीहरुको सहभागिता रहेको थियो ।

Write your Comment