आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

सिमलताल दुर्घटना : आज देखी खाेजीका लागि अत्याधुनिक प्रविधिकाे प्रयाेग

    प्रकाशित २०८१ अषाढ ३२, सोमबार (१ महिना अघि)


चितवन । चितवनकाे सिमलताल बस दुर्घटनापछि बेपत्ता रहेका ६५ जनामध्ये १३ जनाकाे शव भेटिएकाे छ । शव भेटिएका १३ जनामध्ये आठ जनाकाे सनाखत भएकाे छ भने अन्यकाे सनाखतकाे प्रयास भइरहेकाे छ । खोजी कार्यको लागि आज देखी अत्याधुनिक प्रविधिकाे प्रयाेग समेत गरिएको छ ।

हराइरहेकाहरूकाे खाेजी कार्य जारी छ । सुरक्षाकर्मीकाे टाेलीले २ सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खाेजी गरिरहेका छन् । खाेजीका लागि आज बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको हाे । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य भइरहेकाे हाे ।

नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरी आकृतिको रूपमा देखाउने प्रविधि हो । धमिलो पानीमा पनि काम गर्न सक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ ।

मोटर बोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिने बताईएको छ ।

Write your Comment