आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

सिमलताल बस दुर्घटना अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

    प्रकाशित २०८१ अषाढ ३२, सोमबार (१ महिना अघि)


काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहणका क्रममा उनले सो कार्यदल बनाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदललाई १० दिनको समय दिइएको छ ।

गत शुक्रबार बिहानै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालमा पहिलोसँगै दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुई बसमा गरी ६५ जना यात्रु रहेको प्रहरीको भनाइ छ । हालसम्म तीमध्ये १३ जनाको शव फेला परेको छ । बस र यात्रुको खोजी कार्य जारी छ ।

Write your Comment