आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

दियो जनसेवा क्लबद्वारा देवचुली ८ मा वृक्षारोपण

    प्रकाशित २०८१ अषाढ ३०, शनिबार (३ महिना अघि)


देवचुली । दियो जनसेवा क्लबले देवचुली ८ मा वृक्षारोपण गरेको छ । दियो जनसेवा क्लबको आयोजनामा शनिबार बिहान नमुना महिला सामुदायिक वनको चिफ्ले खोला भागरमा रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो ।


दियो जनसेवा क्लबका अध्यक्ष बुद्धिबहादुर फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचे, देवचुली ९ का निवर्तमान वडा अध्यक्ष मेखबहादुर थापा सारु मगर, शैक्षिक व्यक्तित्व मनवीर थापा, नमुना महिला सामुदायिक वनका कोषाध्यक्ष दिलबहादुर तामाङ लगायत स्थानीयको उपस्थितिमा बिरुवा लगाइएको हो ।

डिभिजन वन कार्यालय नवलपुरको सहयोगमा प्राप्त गरेका बाँस २०० वटा, नियालो बाँस १०० वटा, बडहर १०० वटा, किम्बु १०० वटा, तेजपत्ता १०० वटा, टाकी १०० वटा, निपियार घाँस १५०० वटा, भटमास १०० वटा, निमारो १० वटा लगायत हर्रो, बर्रो, चिउरीका बिरुवा रोपिएको क्लबका अध्यक्ष बुद्धिबहादुर फालले जानकारी दिनुभयो ।


वडा अध्यक्ष नुनप्रसाद बाचेले क्लबले विभिन्न जातका बिरुवाहरु रोप्ने कार्यको अगुवाई गरेकोमा धन्यवाद दिदै लगाइएका विरुवाहरुको संरक्षण गर्दै खाली जमिनलाई सदुपयोग गर्नका लागि आग्रह गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा ८० जना भन्दा बढीको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण क्लबका सचिव सुरेन्द्र रिजालले गर्नुभएको थियो ।

Write your Comment