आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

बृहत उपस्थितिमा कालिका बाटिका सरसफाई

    प्रकाशित २०८१ अषाढ २९, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका बाटिका सरसफाइ गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बाटिकाको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो ।


कालिका वाटिकामा उम्रिएका झारपात कुहाएर कम्पोष्टमल बनाउने तरिका सिकाउन, वाटिकामा उम्रिएका सिरु घाँस कटाएर वाटिकामा रहेका रुखका फेदमा गणित शिक्षकले गणितका विभिन्न आकारमा निर्माण गर्न र त्यही स्थानमा विज्ञान शिक्षकले गड्यौला कसरी उत्पादन हुन्छ भन्ने कुरा सिकाउन सहज हुने गरि बाटिका सरसफाइ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालले अभिभावक बृहत उपस्थितिले विद्यालयमा आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धि गर्न सहज हुने बताउनुभयो । विद्यालयलाई नगरपालिकाको उत्कृष्ट विद्यालय बनाउनका लागि अभिभावक साथ आवश्यक रहेको उहाँले बताउनुभयो । भुसालले सरसफाइमा सहभागी हुनुहुने पुर्व व्यवस्थापन समितिका पदाधिकारी, वडाका जनप्रतिनिधि, वडामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावकहरुलाई विद्यालयको तर्फबाट धन्यवाद दिनुभएको थियो ।


विद्यालयले प्रयोगात्मक शिक्षालाई जोडेर सरसफाइ अभियानलाई अभिभावकले सकारात्मक रुपमा लिएर सहयोग गरेको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । उहाँले वडामा रहेका संघसंस्थाहरुका विकास निर्माणका कार्यमा वडाबासीहरुको बृहत सहभागिताको अपेक्षा समेत गर्नुभएको थियो ।

सरसफाइ कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य मधुमाया गुरुङ, जयबहादुर बिक, वडा सदस्यहरु, अभिभावक हरु सहित ४०० जना भन्दा बढी र २०० जना भन्दा बढी विद्यार्थी शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

Write your Comment