आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

    प्रकाशित २०८१ अषाढ २९, शुक्रबार (१ महिना अघि)


कास्की । पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले पुरिएको थियो ।

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको उनले बताए । उक्त पहिरोमै परेर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रवक्ता शर्माले बताए।

पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको डिएसपी शर्माले जानकारी दिए।

 

Write your Comment