आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो

    प्रकाशित २०८१ अषाढ २९, शुक्रबार (१ महिना अघि)


चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबाहक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौंबाट गाैर जाँदै गरेकाे बसमा ४१ जना यात्रु सवार रहेको भन्ने जानकारी आएको प्रजिअ यादवले बताए । यात्रुहरुको उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताए । प्रजिअ यादव पनि घटनास्थलमा पुगिसकेका छन् । नारायणी अनलाइन

Write your Comment