आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा खोलाले बगाउँदा एक जनाको मृत्यु

    प्रकाशित २०८१ अषाढ २८, बिहिबार (१ महिना अघि)


नवलपुर । मध्यबिन्दुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु ४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

बिहीबार मध्यान्ह १२ बजेको समयमा मध्यबिन्दु १ पतवारी स्थित उल्टी खोला तर्ने क्रममा उहाँलाई खोलाले बगाएको थियो ।खोजतलास गर्नेक्रममा बगाएको स्थानबाट ७ सय मिटर पर उल्टी खोला र छुकछुके खोलाको दोभानमा सवा दुई बजेतिरको समयमा मृत अवस्थामा फेला पारेको पौडेलले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Write your Comment