आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता

    प्रकाशित २०८१ अषाढ २८, बिहिबार (१ महिना अघि)


देवचुली । नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नम्बर १ पतवारीमा रहेको उल्टी खोला तर्ने क्रममा मध्यबिन्दु ४ मदनपुर निवासी वर्ष ३५ का सुर्य परियारलाई खोलाले बगाएर बेपता बनाएको हो । बिहीबार दिउँसो १२ बजे परियार खोला तर्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यसैगरी बौदीकालीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बौदीकाली गाउँपालिका वडा नम्बर १ मा रहेको बौदी खोला तर्ने क्रममा बौदीकाली १ खारा निवासी वर्ष ४८ का विशाल कार्कीलाई खोलाले बगाएर बेपत्ता भएका हुन् । कार्कीलाई मेला जाने क्रममा दिउँसो १२:४० बजे खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय डेढगाउँ र कोल्हुवा प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास सुरु गरेको छ ।

Write your Comment