आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति बन्द हुने

    प्रकाशित २०८१ अषाढ २६, मंगलबार (२ महिना अघि)


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड असार २६ देखि साउन १ गतेसम्म राति बन्द गर्न लागिएको जनाएको छ । यो सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने छ ।

आयोजनाका अनुसार उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलहरूको ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएकाले सडक बन्द गरिएको हो । यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्ने जनाइएको छ ।

आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ । ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ । यो सडकको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ ।

Write your Comment