आज:  २०८१ अषाढ २४, आईतबार | Sun, 07, Jul, 2024 Search
FLASH NEWS

गृहमन्त्रीलाई भ्रष्टाचारका मुद्दामा स्टन्टबाजी नगर्न ज्ञानेन्द्र शाहीको आग्रह

    प्रकाशित २०८१ अषाढ २०, बुधबार (४ दिन अघि)


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ३ महिना १५ दिनसम्म नखुलेका फाइलहरु अब सरकार ढल्ने बेला खुल्न थालेका रहेछन्, फाइल खुल्ने भए अझै १ महिना यही सरकार हुन्छ ।

धमाधम खोल्नुहोस् र जेल हाल्नुहोस्, हाम्रो समर्थन छ, । ‘होइन भने सिर्फ राजनीतिक स्टन्डबाजी नगरौं । भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै सुन प्रकरणमा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका पुत्रलाई चोख्याएर उन्मुक्ति दिएको बिर्सनु भो ? भनेर लेखेका छन् ।
गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस–एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए ।

Write your Comment