आज:  २०८१ अषाढ २१, बिहिबार | Thu, 04, Jul, 2024 Search
FLASH NEWS

देउवाले ओलीसहित प्रधानमन्त्री दाहाललाई समेत बैठकमा बोलाए

    प्रकाशित २०८१ अषाढ १९, मंगलबार (२ दिन अघि)


काठमाडौँ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
देउवाजिले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ’ उनले भने, ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ? त्यसमै कुराकानी हुने होला ।’ उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी समेत गरे ।

प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कोसिस गरिरहेको बताएको जानकारी दिए । ‘राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास हो । अरु धेरै केही होइन भनेर ओलीजीको भन्नुभएको रहेछ’ उनले भने ।
देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ ।
पछील्लो समय सरकार परिवर्तनको संघारमा छ ।

Write your Comment