आज:  २०८१ अषाढ १९, मंगलबार | Tue, 02, Jul, 2024 Search
FLASH NEWS

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने

    प्रकाशित २०८१ अषाढ १७, आईतबार (२ दिन अघि)


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ । मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाउन लागिएको हो ।

निकुञ्जले हरेक वर्ष बर्खायाममा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल सफारी गर्ने सक्नेछन् ।

Write your Comment