आज:  २०८१ अषाढ १९, मंगलबार | Tue, 02, Jul, 2024 Search
FLASH NEWS

अनेरास्ववियु भीमसेनद्वारा महिनावारी स्वच्छता एवं प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना अभियान

    प्रकाशित २०८१ अषाढ १५, शुक्रबार (३ दिन अघि)


देवचुली । अनेरास्ववियु भीमसेन आदर्श मावि कमिटीद्वारा महिनावारी स्वच्छ्ता एवं प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना अभियान गरेको छ । बिहीबार विद्यालयको सभाहलमा सचेतना कार्यक्रम गरिएको हो । किशोरीहरुलाई महिनावारी समयमा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा सचेत गराउनका लागि कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु भीमसेन कमिटीका अध्यक्ष बिन्दु बिकले जानकारी दिइन् ।

अनेरास्ववियु भीमसेन कमिटीका अध्यक्ष बिन्दु बिकको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु नवलपुरका सह सचिव रितिका भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि अनेरास्ववियु देवचुली अध्यक्ष सुजन भुसाल, अनेरास्ववियु नवलपुरका सदस्य प्रदीप रिजाल लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु भीमसेनले अभियानकै रुपमा महिनावारी स्वच्छ्ता एवं प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना गरेकोमा धन्यवाद ज्ञापन गर्दै अनेरास्ववियु जिल्ला सहसचिव भुसालले आगामी दिनमा समेत उदाहरणीय काम गर्नका लागि शुभकामना दिएकी थिइन् । कार्यक्रममा रितिका पोखरेलले सहजीकरण गरेकी थिइन् । उनले किशोरी माथि पर्ने समस्याका बारेमा जानकारी गराउँदै समुदायमा महिनावारी सम्बन्धि रुढीबादी संस्कारको अन्त्यका कसरी गर्न सकिन्छ भन्ने बारेमा समेत सचेत गराएकी थिइन् ।

सो कार्यक्रमको संचालन अनेरास्ववियु भीमसेन कमिटीका सचिव सविना बिकले गरेकी थिइन् ।

Write your Comment