आज:  २०८१ अषाढ १९, मंगलबार | Tue, 02, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति

    प्रकाशित २०८१ अषाढ १५, शुक्रबार (३ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय पदमबहादुर क्षेत्रीको गोठमा शुक्रबार दिउँसो करिब ५:४० बजे आगलागी हुँदा गोठमा राखिएको काठ, दाउरा, टिन र झ्याल लगायत पुर्ण नष्ट भएको हो ।

गोठमा रहेका बाख्रालाई सुरक्षित गर्न सकिए पनि आगलागीबाट ५० क्युफिट चिरानी काठ, अन्दाजी ३ टेक्टर दाउरा, छानामा राखिएको टिन, ३ वटा झ्यालका चौकस लगायतमा क्षति पुगेको हो । गोठ पुर्ण रुपमा क्षति हुँदा अन्दाजी ३ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट गोठमा भइ आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी भएको थाहा पाउने बित्तिकै स्थानीयले आगो नियन्त्रणको प्रयास गरेका थिए । कावासोती नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएका छन् । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

Write your Comment