आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुली ९ मा बालबालिकाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

    प्रकाशित २०८१ अषाढ १५, शुक्रबार (२ दिन अघि)


देवचुली । देवचुली ९ मा बालबालिकाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । देवचुली वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा कालिका माविमा बिहीबार र शुक्रबार तालिमको आयोजना गरिएको हो ।

वडा कार्यालयले बालबालिकाका लागि विनियोजित रकमबाट क्षमता अभिवृद्धि तालिम गरिएको वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । बालबालिकाहरुलाई बाल अधिकार, बाल क्लबको काम, कर्तव्य र अधिकार, राम्रो छुवाई र नराम्रो छुवाई, साईबर सुरक्षा लगायतका विषयमा तालिम प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार दुईदिनसम्म बालबालिकाको माग अनुसारको तालिम संचालन गर्न लागिएको हो ।

तालिमको पहिलो दिन देवचुली मिडियाका प्रबन्ध निर्देशक राजु चापागाई र किशोरी अभियन्ता आशा बिकले सहजीकरण गर्नु भएको थियो । पहिलो दिन राम्रो छुवाई र नराम्रो छुवाई, हिंसा र विभेद सम्बन्धि, साईबर सुरक्षा लगायतका विषयमा तालिम प्रदान गरिएको हो।

देवचुली वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको तालिममा बाल क्लबका प्रतिनिधि र विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

Write your Comment