आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुली ९ मा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ अषाढ १४, बिहिबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा अभिभावक सचेतना कार्यक्रम गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा कालिका माविमा अभिभावक शिक्षा अन्तरगत अभिभावक शिक्षा कार्यक्रम गरिएको हो ।


देवचुली नगरपालिका वडा नम्बर ९ को आर्थिक वर्ष २०८०/०८१ मा बालबालिका तथा सचेतना प्रवर्द्धन तालिममा विनियोजित बजेटबाट कार्यक्रम गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । अभिभावकहरुलाई सचेत गराई बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुर्‍याउनका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रम देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य मधुमाया गुरुङ, देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकाल, कालिका माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल, प्रधानाध्यापक नवराज घिमिरे, वडा सदस्य विष्णुबहादुर खड्का लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले बालबालिकाको शैक्षिक सुधारका लागि अभिभावक पनि सचेत हुनुपर्ने बताउनुभयो । अभिभावकहरुले आफ्नो बालबालिकालाई घरमा ख्याल गर्नुपर्ने र गलत बाटोमा हिड्नबाट जोगाउन लाग्नुपर्ने बताउनुभयो ।

सचेतना कार्यक्रममा भीमसेन आदर्श माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक नरदेव न्यौपानेले सहजीकरण गर्नुभएको थियो । उहाँले असल अभिभावक कसरी बन्ने, बालबालिकाको शैक्षिक सुधारका लागि अभिभावकको भूमिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, प्रधानाध्यापक नवराज घिमिरेले विद्यालयले गरेका शैक्षिक गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बलिराम सापकोटाद्वारा स्वागत सहित कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रमको संचालन कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले गर्नुभएको थियो ।

Write your Comment