आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुली १ मा विल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सम्पन्न

    प्रकाशित २०८१ अषाढ १३, बुधबार (४ दिन अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १ मा विल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । देवचुली वडा नम्बर १ को आयोजना तथा भुमिका टेक्निकल सर्भिस प्रा लिको समन्वयमा भुमिका टेक्निकलको सभाहलमा गत जेष्ठ ६ गतेबाट सञ्चालन भएको ३० दिने विल्डिङ्ग तथा ओैद्यौगिक ईलेक्ट्रिसियन तालिम सुरु भएको थियाे । देवचुली १ बाट आर्थिक वर्ष २०८०/०८१ मा सीप मुलक कार्यक्रम अन्तरगत साे तालिम सञ्चालन गरिएको हो ।

देवचुली वडा नम्बर १ का वडा अध्यक्ष कृष्णबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन कार्यक्रममा देवचुली नगरपालिकाका वडा नम्बर १ का वडा सदस्य तथा कार्यक्रम संयाेजक अजय थनेतकाे अध्यक्षता रहेकाे थियाे । त्यसै वडा सदस्यहरू तथा टाेल विकास समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले वडाकाे यस किसिमकाे कार्यक्रमबाट आफुहरु निकै लाभान्वित भएकाे बताएका थिए । तालिमको समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि के सीले सीपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले तालिममा दिक्षित भएका प्रशिक्षार्थीहरुलाई सिपकाे सहि सदुपयाेग गरि राेजगारी श्रृजना तथा उद्यमी हुनका लागि वित्तिय सहयाेग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे।

तालिममा देवचुलि नगरपालिका वडा नं १ बाट २० जना युवाहरुको सहभागिता रहेकाे थियाे । कार्यक्रममा भुमिका टेक्निकल सर्भिस प्रालिका निर्देशक दिपा देवकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment