आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाकाे बजेट ९१ करोड

    प्रकाशित २०८१ अषाढ ९, शनिबार (१ हफ्ता अघि)


नवलपुर । नवलपुरकाे देवचुली नगरपालिकाले आगामी आवका लागि ९१ करोड बढीको बजेट ल्याएको छ। नगरपालिकाकाे शुक्रबार भएको दाेस्राे नगरसभा तथा पाँचौ अधिवेशनले ९१ कराेड १४ लाख ३७ हजार ३ सय ६४ रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याएको हाे।

नगरसभामा नगर उप प्रमुख पार्वता तिवारीले चालुतर्फ रु ५५ करोड १४ लाख ५३ हजार ९ सय ६४ र पूँजिगत तर्फ ३५ करोड ९९ लाख ८३ हजार ४ सय गरी व्यय कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
जसमा सङ्घीय सरकारको सशर्त अनुदान ४० करोड ३१ लाख ९९ हजार, वित्तीय समानीकरण अनुदान १३ करोड ७० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ४८ लाख , यसै गरी गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख ७० हजार र राजश्व बाँडफाँड बापत रु ५ करोड, विशेष अनुदान तर्फ रु ४० लाख र समपुरक अनुदानतर्फ रु ६० लाख , नगरपालिकाको आन्तरिक आय ६ करोड ३६ लाख ५० हजार, र चालु आ.व. को नगद मौज्दात बैंक अल्या बाट रु ८ करोड ८४ लाख १८ हजार ३ सय ६४ गरी कुल कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ आय हुने अनुमान प्रक्षेपण गरिएको छ।

कृषि सेवा र पशु विकास , शिक्षा ,स्वास्थ्य लगायत सामाजिक क्षेत्रहरु, पर्यापर्यटन ,पूर्वाधार , संस्थागत विकास ,सुशासन र सेवा प्रवाहका क्षेत्रहरु बजेटकाे प्राथमिकताका क्षेत्रहरु रहेको उप प्रमुख तिवारीले बताउनुभयाे।

बजेट प्रस्तुत गर्नु पूर्व नगर सभामा नगर प्रमुख हरिप्रसाद न्याैपानेले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियाे । जसमा शिक्षा क्षेत्रकाे समग्र विकासको लागि शिक्षा सुधार काेषकाे निर्माण ,व्यवस्थापन र परिचालन गर्ने, प्रविधिमैत्री शिक्षा , कार्यमुलक अनुसन्धान कार्यक्रमलाई जाेड दिने बताउनुभयो । शिक्षा तर्फ शिक्षककाे भैपरी आउने समस्या समाधान गरि शिक्षण पेशा प्रति अभिरुचि जगाउन शिक्षक सापटी सहायत कार्यक्रम गरिने उल्लेख छ। विपन्न तथा जेहेन्दार विधार्थीहरु तथा माध्यमिक तह ( ११-१२) मा विज्ञान पढ्ने विधार्थीहरुलाई प्राेत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने निति तथा कार्यक्रममा जाेड दिइएको छ।

म युवा मेराे सीप कार्यक्रम मार्फत युवाकाे सीप विकासमा जाेड दिने,खेलाडी उत्पादन र खेलकाे विकासमा जाेड दिने, स्वास्थ्य , महिला बालबालिका ,ज्येष्ठ नागरिक तथा अपांगताकाे क्षेत्रमा काम गर्ने गरि निति कार्यक्रम प्रस्तुत गरिएको छ।
कृषि उत्पादन बढाउने, कृषि उपज संकलन , विक्रि केन्द्र तथा इकाईहरुकाे स्तराेन्नति गर्दै बजारिकरणमा प्रवर्द्धन गर्ने नगरकाे नीति तथा कार्यक्रमले जाेड दिएको छ। पशुपालन तर्फ समेत नगरले विशेष प्राथमिकता दिएकाे छ ।

कृषिको पकेट विकास कार्यक्रम ,पशु विकास तर्फ पकेट विकास कार्यक्रम ,नगर जन स्वास्थ्य कार्यक्रम , स्वस्थ जीवन प्रवर्द्धनका लागि सकारात्मक साेच अभिवृद्धि कार्यक्रम , भान्सा सुधार ,सीप मेला तथा विज्ञान प्रदर्शनी कार्यक्रम ,इलर्निङ कार्यक्रम , मानवीय पुस्तकालय संचालन लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने गरि निति ,कार्यक्रममा प्राथमिकता दिइएको छ।

Write your Comment